११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने



२५ जेठ ०७८, काठमाडौं । विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो ।

नेपाल राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरी गरेको उक्त विनियामवलीमा अब विदेशी लगानी नेपालमा ल्याउँदा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउन वा पठाउनु पूर्व अनुसूची २ को ढाँचामा विदेशी विनिमय एकाइमा लिखित जानकारी भने दिनुपर्ने छ ।

त्यस्तै, शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : २९ बजे