२५ जेठ ०७८, उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका ३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यो एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।
एटिएम फोर्ने फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका यस सम्बन्धमा प्रहरीले अनुसनधान सुरु गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
२६ जेष्ठ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया