१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बैंकमा बढ्यो पैसा झिक्नेको भीडभाड (तस्विरहरु)




ललितपुर खबर
२७ वैशाख ०७८, ललितपुर । कोरोना माहामारीपछि श्रृजना भएको संकटपछि बैंकहरुको ढोकामा बैंकमा पैसा झिक्नेहरुको लामो लाइन लाग्न थालेको छ ।
कर्मचारीहरुलार्इं कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैंकहरुले लाइन ढोका अगाडि लाउने गरेका छन् । सुरक्षा गार्ड मार्फत एक जनालाई मात्रै भित्र पसाउने गरिएको देख्न सकिन्थ्यो ।


बैंकका शाखाहरुमा यसरी लागेको भीडलाई सामाजिक दुरी कायम नगराई कारोवार गरिरहेको देख्न सकिन्छ । बैंकहरुका कोचाकोच भीड भएपछि कोरोना फैलिने डर बढेको सहभागीहरुले नै गुनासो गर्दै आइरहेका छन् ।


ललितपुर लगनखेलको इन्भेष्टमेष्टमेन्ट बैंक, पुल्चोकस्थित नविल, एभेष्ट बैक र सिटिजन, खुमल्टारको ग्लोवल आइएमई बैंक लगायतका शाखाहरुमा पैसा झिक्नेहरुको लामो लाइन लाग्ने गरेको छ ।


बैंकमा लागेको लाइनमा थोरै मात्र पैसा राख्न आएको उनीहरुले बताएका थिए । लामो समयसम्म निषेधाज्ञा रहने हो भने बैंकमा पैसाको अभाव हुने आकलन गर्दै भीड बढेको एक बचत कर्ताले नाम नबताउने शर्तमा बताए । भने, ‘बन्द हुने कति दिन हो भर छैन । त्यसैले पैसा झिक्न आएको ।’

bank

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।