४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने वैद्यले गरे आत्मालोचना



२९ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेश सभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिनुभएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।

प्रदेश सभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागेका छन् । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गर्नुभएको हो । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेसमा आएर यस्तो बोलेँ,’ उनले भने ।

वैद्यले आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १ : ४१ बजे