१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निषेधाज्ञाको उल्लंघन गरी सवारी बस चलाएपछि ५ हजार जरिवाना




२९ जेठ ०७८, वर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले निषेधाज्ञाको समयमा सार्वजनिक बस सञ्चालन गरेको भन्दै कारवाही गरेको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी हेमबहादुर शाहीका अनुसार शनिबार नियमित चेकजाँचको क्रममा प्रहरी कार्यालयको चेकिङ टोलिले निषेधाज्ञाको अवधिमा बाहिरी जिल्लाबाट बर्दिया जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गरिरहेको फेला पारेपछि कारवाही गरेको हो । सुचनाअधिकारी शाहीका अनुसार बा ४ ख ४२२२ नम्बरको यात्रुवाहक फोर्स गाडीलाई नियन्त्रणमा लिई सवारी साधनका चालकहरुलाई कोरोना संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार ५ हजार जरिवाना गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।