७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भैसेपाटीमा बन्दैछ मन्त्रीहरुको बस्ती (तस्विरहरु)




ललितपुर खबर
३० जेठ ०७८, ललितपुर । ललितपुरको भैसेपाटीस्थित मगरगाँउ नजिकै लस्करै घर बन्दैछन् । नबुझेको कोही मान्छे यहाँ पुग्दा लाग्दो हो । यहाँ हाउजिङ कम्पनीले घर बनाउन थालेछ ।


तर यो नेपाल सरकार भवन विभागले घरहरु बनाइरहेको हो । ललितपुर पुल्चोकमा रहेको मन्त्री क्वाटर पुरानो भएको भन्दै सरकारले यहाँ नयाँ मन्त्री क्वाटर बनाउन लागेको हो । यहाँ प्रदेश प्रमुख राष्ट्रिय सभा अध्यक्ष र सभामुखका लागि क्वाटर समेत बन्देछन् । सांसद आवासका लागि छुट्याइएको १२९ रोपनी जग्गामा यी भवनहरु बनेका हुन् ।

यहाँ प्रदेशका लागि १४ वटा र मन्त्रीहरुका लागि २७ वटा भवन बन्दैछन् । पुग्चोकमा अहिले सञ्चालनमा रहेको मन्त्री क्वाटर भने यी भवन सञ्चालनपछि विदेशी पाहुना राख्ने सरकारको ओजना छ । अहिले विदेश पाहुनाका लागि सोल्टी होललमा सरकारले राख्ने गरेको छ ।


मन्त्रीहरुको बस्ती बस्ने भएपछि ललितपुरको भैसेपाटी झन् महँगो भएको स्थानीय बासिन्दाहरु बताउछन् । एक स्थानीय भन्छन्, ‘२० बर्षअघि यहाँ जो सुकै आएर जग्गा किन्न सक्थे । अहिले यहाँ जग्गा किन्न धेरै धनी नै हुनुपर्छ ।’


भैसेपाटी टाउन प्लानिङ्गमा एक आना जग्गाको १ करोड ५० लाखमा कारोबार भएको स्थानीयहरु बताउछन् । आजकल टाउन प्लानिङ बाहिर भने ५० लाख आनामा जग्गा पाइने उनहिरुको भनाई छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : ४५ बजे