२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अब बैंकका धेरै शाखा खुल्ने



३१ जेठ ०७८, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका धेरै शाखा संचालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि राष्ट्र बैंकले पुरानो व्यवस्था फुकुवा गरेको हो।

यसअघि जेठ १९ गते राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो। जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स

कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो। त्यस्तै उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संख्या खुल्दै आएको थियो।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।