४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि भारत लगिँदै




२ असार ०७८, काठमाडौ । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार रहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले आज बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोरोनाको सङ्क्रमण भएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ०१ बजे