३ असार ०७८, काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) असार १३ गतेदेखि खुल्ने भएको छ। कम्पनीको आइपिओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो।
जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त यस संस्थाले आइपिओ निश्कासनका लागि इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनी सुरक्षित रहेको जनाउँछ।
प्रतिक्रिया