
४ असार ०७८, काठमाडौं । बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय भएका ललितपुर ठेचोका ४० वर्षीय हिरा महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोका महर्जनलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले ललितपुर जिल्ला अदालतमा बुझाइसकेको छ।







प्रतिक्रिया