
६ असार ०७८,काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८०० थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने यो दिन प्रतितोला १५ रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया