४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गोदावरीमा व्यावसायिक ज्ञान केन्द्र स्थापना हुने




६ असार ०७८, ललितपुर । गोदावरी नगरपालिकामा बिजनेस नलेज सेन्टर स्थापना गरिने भएको छ । गोदावरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा गोदावरी इकोनोमिक फोरमको संयोजनमा शनिबार बेलुका ‘नगरपालिकाले बजेट ल्याउनुपूर्व गरिएको भर्चुअल कार्यक्रम’ मा गोदावरीका साथै दक्षिण ललितपुरवासीले समेत व्यवसायमा लाग्नुपूर्व सूचना तथा जानकारी हासिल गर्न सकुन भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिने भएको बताइएको छ ।
कार्यक्रममा सङ्घका अध्यक्ष जगनाथ महर्जनले गोदावरीमा कृषि उत्पादनका लागि प्रचुर सम्भावना रहँदा चापागाउँ र साविकको गोदावरीमा ‘कृषि बजार केन्द्र’ निर्माण गरिनुपर्ने कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाव दिएका थिए । उनले भने, “यो योजनाले गोदावरी मात्रै नभइ वाग्मती, कोञ्ज्योसोम र महाङ्कालवासीलाई समेत निकै सहयोग पु¥याउनेछ ।” नख्खु खोला करिडोर आसपास क्षेत्रमा ‘औधोगिक क्षेत्र’ घोषणा गरी प्रदूषण रहित उद्योग स्थापना गर्दा व्यवसायमा सफलता हासिल गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरेका थिए । गोदावरीलाई समृद्ध नगरपालिका निर्माण गर्न एकपटक ‘गोदावरी सम्मेलन’ आयोजना गरी गोदावरीका विभिन्न क्षेत्रका विज्ञको मत, राय सल्लाह र सुझावबाट अघि बढ्दा फाइदा हुने महर्जनले सुझाव दिए । “गोदावरीमा धेरै प्रकारका व्यापार तथा व्यवसाय अघि बढाउन ‘गोदावरी महोत्सव’ समेत गर्न जरुरी रहेको छ”, उनले भने, “गोदावरीमा उत्पादन हुने विभिन्न बस्तुको उत्पादन ठूला व्यपारीमाझ लैजान कोरोनाको समाप्तीपछि छिट्टै ‘गोदावरी बायर एण्ड सेलर मिट’ आयोजना गर्न जरुरी देखिन्छ ।” फोरमका संयोजक डा रघुनाथ विष्टले गरीब जनताले रगत र पसिना खर्चिएर तिरेका कर उचित कामका लागि नगरपालिकाले प्रयोग गर्नेतर्फको कार्यक्रम ल्याउन अनुरोध गरे ।
विजनेस क्लिनिकका संयोजक विश्वनाथ घिमिरेले गोदावरीमा आउने स्वास्थ्य विमा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारी बनाएर अघि बढ्न विशेष भूमिका खेल्नुपर्ने भनाइ राखेका थिए । नगरपालिका उद्योग शाखा प्रमुख ऋषिराम अधिकारीले सङ्घको सुझावलाई आत्मासाथ गरी अघि बढ्ने प्रण गरे । राजस्व शाखा प्रमुख श्रीराम आचार्यले नगरपालिकाको श्रोत सदुपयोग हुनुका साथै उद्यमीलाई पनि मद्दत पुग्ने हिसाबले काम गरिने मत व्यक्त गरे ।
कृषि विज्ञ यमुना घलेले गोदावरीले ग्रीन इकोनमीलाई जोड दिएर अघि बढ्दा आर्थिक क्षेत्रमा सफलता हासिल गर्ने भएकाले सोतर्फ बिचार पु¥याउन सुझाव दिइन् । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यक्रममा उपस्थित विज्ञका सुझावलाई मनन गरी आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने बताए । मेयर महर्जनले भने, “गोदावरीको जमिनलाई व्यवस्थीत बनाउन चाँडै हामी भूउपयोगी नीति पारित गर्नेछौँ ।”

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।