२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि आइपीओ निष्कासन गर्ने



९ असार ०७८, ललितपुर । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंगलबार अनुमति पाएसँगै आइपीओ निष्कासनको प्रक्रिया शुरु गरेको हो ।

कम्पनीका अनुसार कुल चुक्तापुँजी १२ करोड ११ लाख ५० हजारको ३२.११ प्रतिशतले हुन आउने कुल ३ करोड ८५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ ।

जसमध्ये ६ हजार ५८ कित्ता अर्थात् जारी पुँजीका ०.५ प्रतिशत सेयर कर्मचारीलाई र १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले भने बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीका अनुसार आइपीओ असार १७ गतेदेखि निष्कासन भइ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गते निष्कासन बन्द हुनेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १००० कित्तासम्म आवेदन दिन पाइनेछ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।