१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा



९ असार ०७८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका चुडामणी शर्मासहितका पदाधिकारीविरुद्ध एक अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  आयोगले बुधबार एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ भ्रष्टाचार बिगो कायम गरी विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले विज्ञप्ति जारी गरेर शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको जनाएका छन् । शर्मा त्यो समयमा आन्तरिक राजस्व विभागका महानिर्देशक थिए ।

नेपाल सरकारले  २०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ अनुरुप कर फछ्र्याैट गर्न समिति बनाएको थियो । समितिले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको विषयमा छानबिन गरेको थियो ।

आयोगका अनुसार, अनुसन्धान हुँदा करदाताहरूको विभिन्‍न कर शीर्षकमा कर वक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रु.१,००,३३,२०,३८५।– (अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ) बक्यौता कर छुट दिएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।