७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा सिंहासनको प्रदर्शन (तस्विरहरु)



 

१० जेठ ०७८, ललितपुर । कोरोना संक्रमणको कारण लगाइएको निषेधाज्ञाबीच ललितपुर मंगलबजारस्थित कृष्णमन्दिर परिसरमा हरेक जेष्ठ शुक्ल पूर्णिमाका दिन प्रर्दशन गरिने श्री निवास मल्लको सिंहासन प्रर्दशन गरिएको छ ।

यस अवसरमा दरबार परिसरमा रहेको कात्तिक डबलीमा बिहीबार दिन राजा सिद्धिनरसिंह मल्लले लेखेका विभिन्न ३२ वटा राग भजन स्थानीय भजन मण्डलीले गाएका थिए । हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाको दिन मेघ मल्हार राग अनिवार्य गाउनु पर्ने र त्यो राग गाएपछि पानी पर्ने विश्वास रहिआएको छ । आजकै दिनदेखि वर्षाऋतुको प्रारम्भ विश्वास गरिन्छ ।

तत्कालीन मल्ल राजा श्रीनिवास मल्लको सिहासन प्रत्येक वर्ष ललितपुरका स्थानीय नागरिक समक्ष प्रदर्शन गर्ने क्रमले संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाकावीच पनि निरन्तरतरता पाएको हो । मल्ल राजा सिद्धिनरसिंह मल्लका सुपुत्र नेपालेश्वर अर्थात श्रीनिवास मल्ल जो विसं १७१७ मा विधिवत ललितपुरका राजकाज सम्हालेका थिए ।

उनका वावु सिद्धिनरसिंह मल्ल गद्दिनासिन हुँदा हुँदै कीर्तिपुरमा समानान्तर सरकारको स्थापना गरी राजा भएका श्रीनिवास मल्लको राजकाजको समयमा कान्तिपुरको राणा प्रताप मल्ल र भक्तपुरको राजा जगतप्रकाश मल्लको मृत्यु भइसकेकाले श्रीनिवास मल्लको प्रमुख तीनै राज्यमा एकछत्र प्रभाव रहेको बताइन्छ । राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रत्न श्रेष्ठले खिचेका केही तस्विरहरु हेरौं ः

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ५५ बजे