४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्ने( हेर्नुहोस् निर्णयसहित)



१४ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक सवारी साधन चल्ने भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर विजारको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गर्दै भौतिक दुरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लागाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्नेछ ।

सार्वजनिक सवारी साधन बिहान ६ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

 

 

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।