१४ असार ०७८, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरकाे ८ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्र उत्थान लघुवित्तको तर्फबाट नायब कार्यकारी निर्देशक जया लाेहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया