२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो सुनचाँदीको मूल्य



१५ असार ०७८, काठमाडौं । मंगलवार सुनको मूल्य सामान्य घटेको छ। सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमवार छापावाला सुन प्रतितोला  ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।  आज तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलवार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ ले घटेर प्रतितोला १३ सयमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।