
१५ असार ०७८, काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाको आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्ममा उक्त सङ्ख्यामा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
याे सर्वसाधारणलाई छुट्याएकाे १८ लाख ४८ हजार १५ कित्ताकाे १६.९२ गुणा हाे ।
लघुवित्तकाे शेयरमा माग भन्दा बढी आवेदन परेकाेले धिताेपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गाेलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तकाे शेयर पाउनेछन् ।
त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । याे अन्तिम तथ्यांक नभएकाेले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।








प्रतिक्रिया