४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सार्वजनिक यातयात पुरै नखोले व्यावसायीद्वारा जर्वजस्तीद्वारा चलाउने धम्की




१५ असार ०७८ । लामो निषेधाज्ञापछि क्रमशः खुकुलो हुँदै गईरहेका सन्दर्भमा व्यापार, व्यवसाय तथा बजार क्रमशः खुल्दै गईरहेको तर यातयात भने पूर्ण रुपमा सञ्चालन नभएको भन्दै यातयात व्यावसायीहरुले आपत्ती जनाउदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाइ ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका प्रतिनिधिमण्डलले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई भेटि निर्णय नसच्याए असार १८ गते शुक्रबारदेखि देशैभरीका सम्पूर्ण सार्वजनिक सवारीका साधनहरु सञ्चालन गरिने धम्की दिएका हुन् ।
विहीबारदेखिे आन्तरिक हवाई यातायात सञ्चालन गर्ने निर्णय भएको तर सार्वजनिक यातयात नखोलिएकोमा असन्तुष्टि जनाउदै उनीहरुले अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने सार्वजनिक यातायात समेत पूर्ण सञ्चालन गर्नुपर्ने माग गरे । उनीहरुको यातायात श्रमिकहरुलाई खोपको प्राथमिकतामा राखिनु पर्दछ । समयानुकुल बैज्ञानिक भाडा दर समायोजनाहुनु पर्दछ । कोरोनाबाट ज्यान गुमाएका श्रमिक परिवारलाई राहत र संक्रमितहरुलाई निशुल्क उपचारको व्यवस्था गरिनु पर्दछ भन्ने माग सहितको आन्दोलन जारी नै रहेको महासचिव घिमिरे बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।