१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मनकामना स्मार्ट लघुवित्तकाे आइपीओ खुल्याे



१७ असार ०७८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आज (असार १७ गतेदेखि) साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १० : ५९ बजे