२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, भ्रामक सूचनामा विश्वास नगर्न आग्रह



१७ असार ०७८, काठमाडौं ।   नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आब्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।

“हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं”, विज्ञप्तिमा भनिएको छ । अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।