४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दक्षिण ललितपुरको वागमतीमा ६५ वटा भैसी अनुदानमा वितरण



फाइल तस्विर

१३ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकामा भैसी प्रबर्धन कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी वितरण गर्ने भएको छ ।
बागमती गाउँपालिका र किसान बिचको लागत साझेदारीमा बागमती गाऊपालिका लाई भैँसी पकेट कार्यक्रम अन्तर्गत वडा न १,३ र ५(घुसेल, भट्टेडाँडा र प्युटार)का किसानलाई ६५ वटा उन्नत भैँसी हस्तान्तरण गर्ने कार्यक्रम रहेको बागमती गाऊपालिका पशु शाखा प्रमुख ईश्वर घिमिरेले जानकारी दिए ।
दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी हस्तान्तरण गर्न लागेको बागमती गाऊपालिका प्रमुख वीरबहादुर लोप्चनले बताए ।
पालिका अध्यक्षले भने’‘पशु शाखामा सूचिकृत भएका तथा विगतदेखि पशुपालनमा लागेका व्यावसायिक समूहलाई भैँसी प्रदान गर्न लागिएको हो । यस कार्यक्रम अन्र्तगत किसानलाई करिब ३९ लाख ५० हजार बराबरका भैँसी वितरण गर्ने कार्यक्रम छ ।’
गोठ सुधार, भकारो सुधार तथा पशु विमा अनिवार्य गरेकाले यो अनुदानका लागि माग गर्न सक्नेछन् । पहिले अनुदान लिई सकेकालाई पुन अनुदान फारम भर्न नपाउने गाँउपालिकाले जानकारी दिएको छ ।
व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आय स्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैँसी वितरण गरिएको पशु सेवा शाखा प्रमुख इश्वर प्रसाद घिमिरेले बताए । किसानलाई व्यावसायिक बनाउन र किसानको आय स्तरमा वृद्धि गर्ने उद्देश्य सहित उन्नत जातका भैँसी वितरण गरिएको उनको भनाई छ ।
किसानलाई पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरी रहेको उनको भनाई छ ।
गाउपालिकाले यस अघि विभिन्न कार्यक्रमहरुमार्फत भकारो सुधार, उन्नत जातको घाँस, पसु बिमा तथा अनुदान समेत वितरण गरिसकेको गाँउपालिका अध्यक्ष लोप्चनको भनाई छ ।
बजारमा दूधको माग बढ्दै गएकाले परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैँसी पालन थालेको बागमती गाउपालिका ३ का किसान दिपक तिमल्सिनाले बताए । पछिल्लो समय गाँउमा व्यावसायिक भैसीपालन भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।