२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो सुनचाँदीको भाउ



१८ असार ०७८, काठमाडौं ।  सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ । बिहीबार तोलामा ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्ले दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।