२० असार ०७८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँ पुगेको छ। गत शुक्रबार यसको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ पुगेको थियो। हिजो भने सुनचाँदीको मूल्य निर्धारण गरिएन।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको छ। गत शुक्रबार यसको मूल्य तोलाको ९० हजार ८ सय रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा १५ रूपैयाँ बढेर १ हजार ३ सय २५ रूपैयाँ कायम भएको छ।
प्रतिक्रिया