५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंका छुट्टाछुट्टै ठाउँबाट तास खेलिरहेको अवस्थामा पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

२० असार ०७८, काठमाडौं । तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित लालबहादुर तामाङको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त फर्ममा अवैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५५ रुपैयाँ र ताससहित उनीहरुलाई पक्राउ गरिएको हो।

यसैगरी चन्द्रागिरी नगरपालिका–३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखतीलगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका१५ विजेश्‍वरीस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङलगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नगद २२ हजार १३० रुपैयाँ र १२ बुक ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।