३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरि बढ्यो ग्याँससहित इन्धनको मूल्य




२२ असार ०७८, काठमाडौं । मंगलबार राती १२ बजेबाट मूल्य बढ्ने गरि नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ ।
मंगलबार विज्ञप्ती जारी गरेर निगमले इन्धनको मूल्य बढेको जानकारी दिएको हो । नियमका अनुसार पेट्रोल, डिजल र मट्टितेल प्रतिलिटर २ रुपैयाँको दरले बढेको जानकारी दिएका छ । यो मूल्य बृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँस भने २५ रुपैया बढेर १ हजार ४ सय २५ पुगेको छ ।
आन्तरिक उडान भर्ने हवाई कम्पनीहरुले हवाई इन्धनको मूल्य ८४ तिर्नु पर्ने भएको छ । यसअघि हवाई इन्धनको मूल्य ८२ रुपैयाँ थियो ।
गएको असार ९ बढेको इन्धनको मूल्य अन्तराष्ट्रिय मूल्य बढेको भन्दै निरन्तर बढाई रहेको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : २९ बजे