५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा शुक्रबारदेखि सोमबारसम्म कोरोनाको खोप लगाइने



२४ असार ०७८, ललितपुर । ललितपुरमा शुक्रबारदेखि सोमबारसम्म कोरोनाको चिनिया खोप भेरोसेल लगाइने भएको छ ।
यस अनुसार ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज बुधबार यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले यो निर्णय गरेको हो । पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ ।
सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।
ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार यो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।