२४ असार ०७८, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । निकै उतार चढावकाबीच अन्तिम समयमा बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहले बजार बढ्न सहयोग गरेको छ ।
बजार मापन गर्ने सूचक २३.९७ अंकले बढेर २८२५.११ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४१ अंकले बढेर ५२९.६६ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १७.८१ अंकले बढेको छ । यस्तै विकास बैंक ८९.५७,जलविद्युत ५२.०६, वित्त कम्पनी ६४.५९, निर्जीबन बीमा ४.२३, उत्पादन तथा प्रशोधन ६८.२९, जीवन बीमा समूहको उपसूचक ४२.०२ अंकले बढेको छ ।
यो दिन कारोबारमा रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको २१ करोड ५२ लाख ९१ हजार ५७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एनआईसी एशिया बैंक रहेको छ ।
प्रतिक्रिया