ललितपुर खबर
२५ असार ०७८, हरिसिद्धि ललितपुर । गएको दुई साताअघि ललितपुरहिरिसिद्दका स्थानीयले एउटा फेसबुक स्टाटसलाई भइरल बनाए । ‘असार १५ गते हरिसिद्धिमा सडकमा रोपाईमा सहभागी बनौं’ भन्ने स्टाटस ।
‘यो अभियान यति तिब्र बन्यो कि ठेकेदारको मानसम्म पुगेर दवाव परेछ अनि सडकमा ग्राइवेल आईपुग्यो’ हरिसिद्धका काशीराम महर्जन बताउछन् ।
काशीराम महर्जनका अनुसार त्यसताका हालेको ग्राइभेल बर्षे भेलले बगाएर उस्तै हुन लागिसक्यो तर सडकमा बेस अmभै राखिएको छैन ।
‘पानी पर्दा त हिड्न अप्ठ्यारो मात्रै हुन्छ ।’ उनी भन्छन्,‘घाम लागे बस्न टिक्नै हुँदैन धुलोले गर्दा । अनुहारमा क्रिम पाउडर लगाउनु पर्दैन ।’
यो सडक हरिसिद्धमा मात्रै होइन । ठैव, बाँडेगाँउदेखि टौखेलसम्मै हिलाम्मे छ । टोखेलदेखि गोदावरीसम्म आधाजति कालोपत्र गरिएको छ ।
प्रतिक्रिया