२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


हाइटी राष्ट्रपति हत्यामा अमेरिकी र कोलम्बियाली पूर्वसैनिकको संलग्नता



तस्बिरः रोयटर्स

एजेन्सी । हाइटीका राष्ट्रपति जुभेनल मोइजको हत्यामा अवकाशप्राप्त कोलम्बियाली सेना र दुई अमेरिकी नागरिकको संलग्नता खुलेको छ।

२६ कोलम्बियाली र हाइटियन मूलका दुई अमेरिकी समेत गरी २६ जनाको ‘हिट स्क्वाड’ले राष्ट्रपति मोइजको हत्या गरेको प्रहरी प्रमुख लियोन चार्ल्सले बताएका हुन्।

त्यसमा संलग्नमध्ये आठ जना शंकास्पद व्यक्ति अझै फरार छन्। २ अमेरिकीसहित १७ जना पक्राउ परेका छन्।
बाँकीको भने मूठभेडमा मृत्यु भएको बताइएको छ।

बुधबार बिहानै उक्त बन्दुकधारीको समूहले राष्ट्रपतिको घरमै गोली हानी हत्या गरेको थियो। राष्ट्रपतिकी श्रीमती भने घाइते भएकी थिइन्।

मोइजको शरीको पछाडि १२ गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। श्रीमती मार्टिनको भने अमेरिकी राज्य फ्लोरिडामा उपचार जारी छ। उनको स्वस्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

यो घटनाको योजनाकार को हो भन्ने नखुलेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।