४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नुवाकोटमा भेटियो कोरोनाको खतरनाक भाइरस डेल्टा प्लस




२५ असार ०७८, नुवाकोट । नुवाकोटका त्रिसुलीमा कोरोनाको बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।
अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञ थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञ आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिएका छन् । नुवाकोट जिल्लामा ५०२ कोरोनाका सक्रीय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।