८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनालाई



एजेन्सी । कोपा अमेरिका–२०२१ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

खेलको २१ औँ मिनेटमा डि मारियाले गरेको गोल नै अर्जेन्टिनाका लागि उपाधि चुम्ने एक मात्र गोल बन्यो ।

आजको खेलमा विश्व चर्चित दुई खेलाडी मेसी र नेइमार दुई अलग टिमबाट खेलेकै कारण दर्शकहरुको खास चासो बढेको थियो ।।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ८ : ३४ बजे