८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सातदोवाटो क्लवका अध्यक्षमा फेरि रानामगर निवार्चित



२७ असार ०७८,ललितपुर । सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगर पुनः निर्वाचित भएका छन् । शनिबार सम्पन्न  क्लवको आठौं साधारण सभाबाट रानामगर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
साधारण सभाबाट क्लवको प्रथम उपाध्यक्षमा श्याम महर्जन, द्वितिय उपाध्यक्ष विनोद राई, महासचिव सुनिल विष्ट, कोषाध्यक्ष राजेश मानन्धर, सचिव रविन खड्का, सह सचिवमा अशोक राई निर्वाचित भए ।
सदस्यमा सुगतरत्न शाक्य, जमुना महर्जन सिता श्रेष्ठ, अजय आचार्य,  सम्भु लामा, पारस महर्जन, प्रकाश मानन्धर, रोशन मानन्धर, गोपीकृष्ण नकर्मी, र किशोर महर्जन निर्वाचित भए ।
 क्लव अघिल्लो सिजनमा बी डिभिजनबाट ए डिभिजनमा उक्लिएको थियो । कार्यक्रममा समाजसेवी साथै क्लवालाई ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा पुर्याउन योगदान पुर्याउने अफिसियलहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ४७ बजे