२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


 थप एक हजार ८३१ जनामा कोरोना सङ्क्रमण   



२७ असार ०७८, काठमाडौं । नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १७५ भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।