२९ असार ०७८,ललितपुर । कोरोना महामारी रोकथाम गर्न चीनका विभिन्न कम्पनीबाट ल्याइएको स्वास्थ्य सामाग्री अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघले महालक्ष्मी नगरपालिका र लुभु प्राथमिक स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छन् । यस अवसरमा चीनबाट प्राप्त स्वास्थ्य बीस हजार पिस मास्क, ग्लोब्स, पीपीई, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिनसहितका सामाग्री हस्तान्तरण गरिएको हो । महालक्ष्मी वाणिज्य संघका अध्यक्ष सञ्जय नारायण श्रेष्ठ र अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले यो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले विभिन्न संघसंस्थासंग सम्झौंता गरेर काम नगर्ने योजना सुनाएका थिए ।
उनले अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघले छोटो समयमा धेरै राम्रा कामहरु गरेको भन्दै मेयर महर्जनले प्रशंशा गरेका थिए । ललितपुर उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष एवं अरनिको सांस्कृतिक तथा ब्यावसायिक प्रवर्द्धन समाजका अध्यक्ष अजरमान जोशीले प्राप्त सामाग्री सदूपयोग हुने विश्वास व्यक्त गरे । उनले आउदा दिनहरुमा थप काम विभिन्न संघसंस्थाहरु गर्न इच्छा रहेको बताए ।
प्रतिक्रिया