४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको माहाँकाल गाँउपालिकाले स्वाथ्य स्वयंसेविकालाई दियो प्रोत्साहन भत्ता




२९ असार ०७८,  ललितपुर। ललितपुरको महाँकाल गाउँपालिकाले यहाँका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद प्रोत्साहन भत्तासहित सम्मान गरेको छ ।
‘पशुपालन, कृषि, उद्यमशीलता र भौतिक पूर्वाधारः स्वास्थ्य र शिक्षित पालिकावासी, हाम्रो समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँपालिकाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी लामो समयदेखि विपद् र महामारीजस्ता जोखिमका समयमा निरन्तररुपमा जनस्वास्थ्यसम्बन्धी चेतना फैलाउनाका साथै टोलटोलमा पुगेर सूचना तथा जानकारी पु¥याउन उचित भूमिका खेलेका महिलालाई नगद रु छ हजारसहित सम्मान गरिएको अध्यक्ष रामचन्द्र दाहालले बताएका छन् ।
गाँउपालिका अध्यक्ष दाहालले भने, “हामीले यी महिलाले वर्ष दिनभरि गरेका दुःखको मूल्याङ्कन गरी प्रत्येकलाई महिनाको रु ५०० का दरले प्रोत्साहनस्वरुप सानो रकम पनि दिएका हाँै ।”
चालू आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमअन्तर्गत ५४ महिलालाई सम्मान गरिएको र यसले भविष्यमा अझै राम्रो काम गर्न उनीहरुलाई प्रोत्साहन मिल्ने विश्वास रहेको उनले बताए ।
महाँकालमा रहेको छ वडामध्ये पाँच वटामा स्वास्थ्यचौकी छ भने वडा नं २ मानिखेलमा ‘मानिखेल अस्पताल’ रहेको छ । गाउँपालिकामा भौगोलिक विकटता रहँदा यहाँका मानिसले एक टोलबाट अर्को टोलमा पुग्नसमेत धेरै समये यात्रा गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाले यो कुरालाई ध्यानमा राखी आउँदो आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनका लागि एकीकृत महिला स्वास्थ्य तथा प्रजनन, बहुक्षेत्रीय पोषण, औषधि तथा औषधिजन्य उपकरणको पर्याप्ततामा जोड दिने घोषणा गरेको थियो ।
गाउँपालिकाले डङ्ेगुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टे वासस्थान खोजी गरी लार्भा नष्ट तथा पालिकाबाट सञ्चालनमा रहेको एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न र स्तरोन्न्नति गर्ने कार्यक्रमसमेत सार्वजनिक गरेको थियो । त्यसैगरी स्वास्थ्य संस्थाबाट सुत्केरी भई घरमा फर्केका महिलामा सङ्क्रमण रोक्न तीनदेखि सात दिनमा घरघरमै नर्सिङ स्वास्थ्यकर्मी पठाउने व्यवस्थासमेत गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।