१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विद्यार्थीको आन्दोलनपछि पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ घट्यो



एक पसलमा बिक्रिका लागि राखिएको पेट्रोलियम पदार्थ। तस्विर : ललितपुर खबर

३० असार ०७८, काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएपछि वार्तामा बसेको नेपाल आयल निगमले सहमतीपछि १ रुपैयाँ मूल्य घटाएको छ ।
निगमका अनुसार अव पेट्रोल १२८ रुपैयाँ र मट्टितेल र डिजेल १११ रुपैयाँ कायम हुने भएको छ ।
निगम सञ्चालक समितिले बुधबार राति १२ पछि मूल्य घटाइने जानकारी दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाइएको भन्दै समाजवादी विद्यार्थी युनियन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, र अखिल छैठौं मूल्यवृद्धिविरुद्ध आन्दोलन गरिरहेका थिए ।
पछिल्लो समय निरन्तर रुपमा अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्यमा बृद्धि भएको भन्दै नियमले मूल्य बढाउदै आएको थियो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।