२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना भाइरसबाट संसारभर ज्यान गुमाउनेको संख्या ४० लाख




३० असार ०७८, (रासस÷सिन्ह्वा) । कोरोना शुरु भएयता अहिलेसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ७७ लाख ९८ हजार ८५५ जना रहेका छन । विश्वभर तीन अर्ब ४९ करोड ५२ लाख ४१ हजार ४८० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
यो विश्वविद्यालयले जुलाई १४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
यस मध्ये सबै भन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ लाख ७ हजार ७७१ रहेको छ । भा्तमा चार लाख ११ हजार ४०६ रहेका छन् भने तेश्रो धेरै मृत्यु हुने ब्राजिल रहेको छ । यहाँ पाँच लाख ३४ हजार ८३८ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।