३१ असार ०७८, काठमाडौं । सुन र चाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै बिहिबार चाँदीको भाउ पनि सामान्य बढेका छ । जसमा महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३२० रुपैयाँ तोकेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
प्रतिक्रिया