८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


साहित्यकार महर्जनको म्युजिक भिडियो सार्वजनिक




३१ असार ०७८, काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा गायक चिरञ्जीवी भण्डारीको स्वरमा रहेको गीत ‘जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र’बोलको मन छुने पीडादायी अत्यन्तै हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzGkZQJlfLsdqlKnCrtRfGvFffMN?projector=1

मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर भिडियो तयार गरिएको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ ।
निर्देशक सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायांकन गरिएको यस भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ८ : ०६ बजे