
३ साउन ०७८, काठमाडौं । आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। यसअघि शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।








प्रतिक्रिया