७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चापागाँउको कमलपोखरीमा ढकमक्क फुल्यो कमल फूल (तस्विरहरु)



ललितपुर खबर
४ साउन ०७८, चापागाँउ । तराईका ताल तलैयामा ढकमक्क फुल्ने कमलको फुल राजधानीका देख्नै मुस्किल छ । तर चापागाँउ झ्यालीपाटीको कमल पोखरीमा आजकल कमल फुल फुलेर रमाइलो भएको छ ।


टिकाभैरवको राजकुलो आडैमा रहेको कमल पोखरीान बाहै महिना पानी हुन्छ ।
यो पोखरी कहिले खनियो भन्नेबारे यहाँका स्थानीय पुरोनो जनश्रृति सुनाउछन् । उहिले यस ठाँउमा धन गाडिएको रहेछ । फपिङ्गबासीले यहाँ धनको आगो बलिरहेको चम्किलो प्रकाश देखेछन् । अनि एकै रातमा खनेर लगेछन् । यसरी पो पोखरी बनेको आहान सुन्न पाइन्छ ।
केही बर्षअघिसम्म यो पोखरी अव्यवस्थित थियो । पुर्वमन्त्री निक्षेशम्सेर राणाले पोखरी वरिपरि पर्खाल लगाई दिएपछि पहिले पोखरी सुन्दर छ ।


यहाँ रंगीन माछा छोडिएको छ । हिउदको सग्लो पानीमा रंगीन माछा तैरिएको हेर्न मज्जा आउँछ । यहाँ बेलापखत विभिन्न रंगका सर्प आउछन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०६ बजे