८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नयाँ तीज गीत ‘कोरोनाले देशै खायो’ सार्वजनिक (भिडियोसहित)



४ साउन ०७८, काठमाडौं । कमल घिमिरे र मोनिका घिमिरेको नयाँ तीज गीत सार्वजनिक भएको छ । कमल घिमिरेको शब्द, संगीत रहेको गीतमा अलिफ खान, संगीता पौडेल, रेशम चेपाङ र संचिता गुरुङको स्वर रहेको छ । गीतको एजेन्ज हेमन्त शिशिरले गरेका छन् । गीतको भिडियोमा रमेश थापा, कल्पना घिमिरे, युनिका क्षेत्री र कपिल मगरको अभियन रहेको छ ।
हेमन्त शिशिरको मिक्सिङ रहेको गीतको निर्देशन रुपेश श्रेष्ठले गरेका छन् । यस्तै छायांकन वीरेन्द्र परियारले गरेका छन् भने सम्पादन अनिल विष्ट ‘प्युठानी’ गरेका छन् । गीतलाई चितेली क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हाल रोजगारीका क्रममा साउदीमा रहेका लमजुङका कमल घिमिरले यस अघि ‘आँशु आमाको’, ‘लाहुरेकी छोरी’, ‘खोटी कर्म’ लगायतका गीत बजारमा ल्याइ सकेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ४८ बजे