१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयरबजारमा सामान्य करेक्सन



५ साउन ०७८, काठमाडौं । मंगलबार सेयरबजारमा सामान्य करेक्सन आएको छ।

आज बजारमा ९.०१ अंकको करेन्सन आएको हो। योसँग नेप्से परिसूचक २९८५.५७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ५५८.१२ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि घटेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ६.२९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.२ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा १.६१ प्रतिशत, जलविद्युत समूहमा १.२२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशतको बढोत्तरी भएको छ।

वित्त समूह सर्वाधिक १.३७ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.२९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.०४ प्रतिशत, विकास बैंक समूहमा ०.८० प्रतिशत, लगानी समूहमा ०.९५ प्रतिशत, जीवन बीमा समूहमा ०.७२ प्रतिशत, लघुवित्त समूहमा ०.४९ प्रतिशत र अन्य समूहमा १.२१ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।