२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउमा गिरावट



६ साउन ०७८, काठमाडौं । बुधबार सुनचाँदी दुबैको भाउ घटेको छ। सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।