२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत




७ साउन ०७८, काठमाडौं । एशियाली विकास बैंकले कोरोना विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण दिने भएको छ ।
बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न यो रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।
जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।