२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन चाँदीको भाउ सामान्य बढ्यो



८ साउन ०७८ काठमाडौँ  । शुक्रबार सुनचाँदीको भाउ सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।