२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विपत व्यवस्थापनको विषयमा सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल




११ साउन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज सोमबार भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो । भेटमा मन्त्रीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी दिए । सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।