
१३ साउन ०७८, ललितपुर । ललितपुरको गोदावरीको एक सहकारी कार्यालयमा चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५ लाख रुपैयाँ मंगलबार राति चोरी भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसारयस भवनको मुल ढोकाको ताला फुटाई काउन्टरको घर्रामा राखेको ५ लाख रुपैयाँ नगद चोरी खबर प्रहरीले पाए लगत्तै महानगरीय प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।
१३ श्रावण २०७८, बुधबार
0
Shares








प्रतिक्रिया